काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी 

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी 

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसेको छ ।

स्थानीय सञ्चारकर्मी पोषनाथ अधिकारीका अनुसार प्रदेश ३ ०१००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा परेको बसमा सवार अहिलेसम्म १८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीले  जानकारी दिएको छ ।  उद्दार अहिले पनि जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्