महिला टी–२० क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दै

महिला टी–२० क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी महिला टी -२०  क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज कुवेतसंग प्रतिश्पर्धा गर्दैछ ।

पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल आज बुधबार कुवेतसंग खेल्न लागेको हो ।

मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबार भएको खेलमा हङकङले दिएको ८५ रनको चुनौति नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप

नेपाल र हङकङसहित मलेसिया र कुवेतले चारदेशीय टी–२० श्रृंखला खेलिरहेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्