राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक आज फेरि बस्ने भएको छ ।

बुधबार शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।

मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक स्थगित भएको थियो । हिजो दिउँसो दुइ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाइ स्थगित भएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्