काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।
मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।
कार्कीले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी ब्राजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गरेका थिए ।
यसअघि कार्कीले सेमीफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा ७.४अंक प्राप्त गरेका थिए ।
जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ ।