एकीकृत समाजवादीको बैठकमा प्रतिवेदनमाथि छलफल हुँदै

एकीकृत समाजवादीको बैठकमा प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बुधबार बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहानदेखि बैठक सुरू हुनेछ ।

मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ ।

अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए ।

बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्