प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।

मंगलबार केही कारण बस सरेको उक्त बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाइनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै, शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको सूचना सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्