मन्त्री किरातीलाई पितृ शोक, प्रधानमन्त्रीको समवेदना

मन्त्री किरातीलाई पितृ शोक, प्रधानमन्त्रीको समवेदना

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । बुधबार विहान समाजिक संञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारि दिएका हुन् ।

उनले लेखेका छन् ‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !

उनले आजबाट आफुहरु पूर्ण रुपमा टुहुरो भएको भन्दै दुख व्यक्त गरेका छन् ।

पितृ शोकमा परेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई परेको पितृ शोक प्रति समवेदना प्रकट गरेका छन् ।

बुधबार विहान समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले मन्त्री किरातीका बुवाको दु:खद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले लेखेका छन् ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

प्रधानमन्त्री दाहालले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा पनि समवेदना प्रकट गरेका छन् ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्