नवनियुक्त प्रधान न्यायधीश श्रेष्ठले लिए सपथ

नवनियुक्त प्रधान न्यायधीश श्रेष्ठले लिए सपथ

काठमाडौं। नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले, पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधान न्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन्।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल,उप–राष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे,वैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, लगायतका  उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए।

श्रेष्ठलाई संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएको थियो। उनले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने छन् ।

.

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्