काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन् ।
आजका लागि बोलाइएको सर्वदलीय बैठकमा सहभागि हुन पुगेका उनले शीर्ष नेताहरुको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै अब बैठकमा समेत सहभागि नहुने संकेत गरे ।
‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन ।’ उनलेभ ने ‘सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । ’
उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने भन्ने विषयमा लाग्ने बताए । उनले भने ‘हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’
सर्वदलीय बैठक भोली ११ बजे बस्ने गरि तोकिएको छ ।
आजको संसद बैठक समेत प्रधान न्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै सारिएको छ ।