काठमाडौं । प्रतिनिधि सभा सदस्य सुरेशकुमार आले मगरले प्रतिपक्षका दलहरुले सदनलाई नियतवश तरिकाले चल्न नदिएको आरोप लगाएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा उनले सानो सानो कुरामा पनि बखेडा झिकेर संसद अवरुद्ध गरेको भन्दै यस्तो कार्य बन्द हुनुपर्ने बताए ।
उनले भने, ‘प्रतिपक्षका दलहरुले सदनलाई नियतवश तरिकाले चल्न नदिने, जनताको समस्यामा केन्द्रीत हुन नदिने, कानूनहरु निमार्ण गर्न नदिने भयो भन्ने हामीलाई लाग्छ र यो अन्त्य हुनुपर्छ । सदनमा धेरै प्रकारका घटनाहरु भएका छन् र सानो सानो कुराहरुलाई पनि राजीनामाको माग गरेर सानो कुरामा बखेडा झिकेर संसद अवरुद्ध गरेको विषयमा हामीलाई चिन्ता लागेको छ ।’
यस्तै उनले सदन जनताको समस्याको बारेमा चर्चा गर्ने र समाधान खोज्ने थलो भएपनि शिलशिलागत रुपमा संसद अवरुद्ध भएको हुदाँ जनताको समस्या सुनवाई नभएको पनि बताए ।