मेरो छायाँ देखेर एमाले सर्वदलीय बैठकमा आएन: माधवकुमार नेपाल

ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेका नेपाल आज स्वदेश फर्कदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर नेकपा एमाले नआएको बताएका छन् ।

नेकपा एसको मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एमाले संकीण पार्टी भएको आरोप पनि लगाए ।

उनले भने ‘ राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए । थाहा छैन मलाई किन हो, एमालेका नेताहरु आएनन् । सम्भवत त्यहाँ माधव नेपालको छाँया परेको हुनाले होला, उहाँहरु आउनु भएन् ।’

अध्यक्ष नेपालले आफुहरुमा त्यस्तो खालको संकीणर्ता र सानो चित्त पनि नभएको बताए ।

आफुहरु सबैको मान राख्दै सबै साँझा विषयबस्तुहरुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको नेपालको भनाइ थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्