मैले अधिकार मात्र प्रयोग गरेको हुँ : राष्ट्रपति पौडेल

मैले अधिकार मात्र प्रयोग गरेको हुँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको धारणा राखेका हुन् ।

राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने,‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’

एमाले बाहेकका दल सहभागि सर्वदलिय बैठक  शीतल निवासमा भएको हो ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्