राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौं ७ बाट

राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौं ७ बाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठकले बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले भदौं ७ र ८ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टी  आधिकारिक धारणा बारे प्रतिवेदन पेश गर्ने छन् । उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन, महामन्त्रीको सांगठनिक, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस हुनेछ । बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्