काठमाडौं । पछिल्लो तीन दिनदेखि मनसुन सक्रिय हुँदा देशभरी आशिंक देखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेने जनाएको हो ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको छ । नेपालमा अहिले भारतको उत्तर–मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण नेपालका विभिन्न भागमा वर्ष भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एक÷दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागले राति देशभर सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।