समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीप गिरी : देउवा

समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीप गिरी : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता वीपी कोईराला पछिको समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीप गिरी भएको बताएका छन् ।

सोमबार नेता स्व. गिरीको प्रथम स्मृति दिवसमाआयोजित संवाद कार्यक्रममा सभापति देउवाले गिरी धेरै समाजवादलाई बुझेको र नेता कोईराला पछिको समाजवादको व्याख्या गर्न सक्ने नेता भएको बताएका हुन् ।

उनले भने,‘ उहाँ समाजवादलाई बुझेको मानिस हुनुन्थ्यो । वास्तबमा भन्ने हो भने वीपी कोईराला पछिको समाजवादलाई बुझेको, समाजवादको व्याख्या गर्न सक्ने नेता प्रदीपजी हुनुहुन्थ्यो ।’

उनले गिरीले देखेका र लेखेका कुराहरुलाई अगाडि लिएर जान आवश्यक रहेको भन्दै भने,‘उहाँ अहिले हामीहरु बीचमा हुनु हुन्न ।त्यसैले उहाँले देखेका कुराहरु छन् । लेखेका कुराहरु त्यसलाई हामीले अगाडि लिएर जानुपर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्