काठमाडौं । यहीं भदौ १५ गते वरिष्ठ लोक गायक नारायण रायमाझीले साङ्गीतिक साँझ मार्फत प्रस्तुती राख्ने भएका छन् ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेल नगर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रज्ञा भवन कमलादीमा ‘नारायण रामाझी साङ्गीतिक साँझ-२०८०’ हुने जानकारी दिएको हो ।
दिउँसो १ बजेदेखि ७ बजेसम्म चल्ने साँझमा वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक रायमाझीले, आफ्ना गीतहरू प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने छन् ।
रायमाझीले नै निर्देशन गरेको परदेशी २ चलचित्र पनि सोही दिन प्रर्दशनको औपचारिक सुभारम्भ गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रममा देशैभरका कलाकारहरू, कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक कला र संस्कृतिको संरक्षण तथा प्रबर्द्धनमा लाग्नुभएका हजारौं दर्शकको भव्य उपस्थिति रहने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ ।
को हुन रायमाझी?
वि.स. २०२० सालमा बुवा सूर्यवहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा जन्मिएका नारायण रायमाझी झण्डै तीन दशकदेखि नेपाली लोकगीत, सङ्गीतका क्षेत्रमा क्रियाशिल छन् ।
औपचारिक रुपमा वि.सं. २०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्रा थालेका उनका फुलबुट्टे चोलीमा, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैचो नदेउ साईली, लाइछौ बेशन, नमुछे आमादहीमा टीका, हॉसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौं गीत लोकप्रिय छन् ।
उनले गोर्खा पल्टन, परदेशी १ र परदेशी २ लगायतका चलचित्रहरुको निर्देशन समेत गरेका छन् । रायमाझी पाल्पाको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा जन्मीएका हुन् ।