प्लास्टिकको विकल्प खोज्नुपर्नेमा जोड

प्लास्टिकको विकल्प खोज्नुपर्नेमा जोड

काठमाडौं । विज्ञहरुले प्लास्टिकको विकल्पमा अन्य सामानको प्रयोग गर्नुपर्ने भन्दै वातावरण मैत्री वस्तुको उत्पादनमा जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तरगत दिगो विकास तथा सुशासन समितिको सोमबार बसेको बैठकमा प्लाष्टिकजन्य फोहोरमैलाको व्यवस्थापनमा राम्रो नीतिको आवश्यकता रहेको पनि विज्ञहरुले बताए ।

बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले छलफल सकारात्मक भएको भन्दै उक्त छलफलबाट राम्रो नीतिको सिर्जना हुने विश्वास व्यक्त गरे ।

प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनको विषयलाई सरकारी स्तरबाट छिटो र प्रभावकारी बनाउँनुको साथै समितिको तर्फबाट पनि आवश्यक सहयोग गर्ने पनि उनको भनाइ थियो ।

सभापति पन्तले एउटा प्लास्टिक नै उत्पादन गर्ने र अर्को उपभोग्य कुराहरुको उत्पादनमा पनि प्याकिङ्को लागि प्लास्टिकको प्रयोग गर्ने हुदाँ यस्तो प्रकारको उद्योगलाई पनि ध्यानमा राख्नुपर्ने बताए ।

उनले भने, यसलाई फेरि अरु समिति सम्बन्धित सरोकारवालाहरुसँग बसेर यसलाई निष्कर्षमा  पुर्‍याउने कोशिश गर्ने नै छौ । दुईखालको उद्योग देखिएको छ हामीसँग एउटा प्लास्टिक नै उत्पादन गर्ने अर्को उद्योग भनेको पानी उत्पादन गर्ने तर प्लास्टिक उत्पादन गरिरहेको छ, चाउ चाउ उत्पादन गर्छ यस्तै उपभोग्य कुराहरु उत्पादन गर्छ तर प्लास्टिकको प्रयोग गर्छ । यस्तो उद्योगलाई पनि फरक फरक तरिकाले हेर्नुपर्ने हुन्छ । नियमनमा त्यस्तो कुरा पनि आउँनु पर्छ । ’

यस्तै बैठकमा वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव डा. विश्वनाथ ओलीले प्लाष्टिकको सामानको विकल्पमा कपडा, बाँस जस्ता सामानको प्रयोग गर्नुपर्ने भन्दै वातावरणमैत्री पदार्थको उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले भने, प्लास्टिकको सामानको विकल्पमा अन्य सामानको प्रयोग गर्नुपर्छ । जस्तै कपडा, बाँसका सामानको प्रयोग गर्न सकिन्छ । वातावरणमैत्री पदार्थहरुमा जोड दिनु पर्छ । महानगरपालिकासँग छलफल गरेर ठूला ठूला मार्केटहरुमा सामान प्याक गर्ने सामानलाई पनि निरुत्साहित गर्नुपर्छ ।’

प्रविधिको कमि भएको कारण नेपाल रिसाइकलिङ् गर्ने विषयमा पछाडि परेको भन्दै रिसाइकल हुन नसक्ने प्लास्टिकहरुलाई सडक बनाउँन, उर्जा निकाल्न, सिमेन्ट र इटा भट्टमा बाल्नको लागि प्रयोग गर्ने विषयमा पनि ध्यानदिनु पर्ने पनि ओलीले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्