काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटवार्ता भएको छ ।
भेटमा निर्वाचन सम्बन्धी आवश्यक कानूनबारे छलफल भएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।
हाल प्रदेशसभा तर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् ।
हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष दोखला गौरिशकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ ।