काठमाडौं । नेपाली कांग्रेसका नेता नैन सिंह महरले बहुदलीय प्रजातन्त्रमा पार्टीका माध्यमले मात्र जनतासंँग जोडिन नसकिने प्रष्ट पारेका छन् ।
सोमबार स्वःप्रदीप गिरीको प्रथम समृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादकाआयामहरु विषयक संवाद कार्यक्रममा नेता महरले समाजवादभित्र प्रजातन्त्रलाई जोडेर अगाडि जानु पर्ने बताए ।
उनले भने ‘ नेपालको राजनीतिमा मल्टी पार्टी डेमोक्रेसिमा पार्टीका माध्यमले मात्र जनतासँग जोडिन सकिदैन, समृद्धिको बाटोको सवालमा समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर अगाडि जान सक्यो भने मात्र न्यून स्तर भएका जनतासंग सेवा सुविधा पुर्याउन सकिन्छ । ’
नेता महरले समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर न्यून स्तर भएका जनतासंग सेवा सुविधा पुर्याउनु पर्ने बताए ।