काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्रदीप गिरीले दिएको शुत्रहरु संविधानमा अंकित गरेर लेख्ने बताएका छन् ।
सोमबार काठमाडौंमाआयोजित नेता स्व. प्रदीप गिरीको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता विश्वकर्माले ७२ सालको संविधानमा अर्झै पूर्ण भएन भन्दै गिरीले सहि गरेको स्मरण गरे । उनले अबको संविधानमा गिरीले दिएको शुत्रहरु संविधानमाअंकित गरेर लेख्ने तयारी भईरहेको पनि बताए ।
उनले भने‘प्रदीप गिरीले दिनुभएका शुत्रहरु संविधानमा अंकित गरेर लेख्दैं छौ । ७२ सालको संविधानमा अझै पूर्ण भएन भनेर सही गर्नुभएको छ ।’
मूलुकमा अहिले राजनीतिक विचलन बढिरहेको भन्दै यस्तो बेला उहाँकोे पद पछ्याउन आवश्यक रहेको पनि विश्वकर्माको भनाइ छ ।