सर्वोच्च अदालतमा कार्यबोझ तीन गुणाले बढ्यो

सर्वोच्च अदालतमा कार्यबोझ तीन गुणाले बढ्यो

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् ।

संसदीय सुनुवाई समितिमा सुनुवाईको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्याय सम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए ।

उनले भने,‘२०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो । तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको संख्या पुगेको छ । मुद्दाहरु करिव तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ ।’

१० वर्ष अगाडि फर्छ्यौट दर हेर्दा १० वर्ष अगाडि जम्मा ५४ हजार ४ सय ४४ मुद्दाहरु फर्छ्यौट भएको चर्चा गर्दै उनले तर ८० साल असार मसान्तसम्म १ लाख ८१ हजार ३ सय ३८ मुद्दा फर्छ्यौट  भएका जानकारी गराए ।

उनले भने ‘ सर्वोच्चको कार्यबोझ हेर्दाखेरि १० वर्ष अगाडि सर्वोच्चमा जम्मा २४ हजार ५ सय ७० मुद्दा पर्थे र फर्छ्यौट ६ हजार ७९६ मात्र हुन्थो । अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता संख्या रह्यो । र, त्यसमा १२ हजार १६२ फर्छ्यौट अर्थात् १० वर्ष अगाडिको तुलनाको रुपमा सवैभन्दा धेरै सर्वोच्चले फैसला गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्