पर्यटकहरुको लागि लुक्ला प्राथमिकतामा

पर्यटकहरुको लागि लुक्ला प्राथमिकतामा

काठमाडौं । हवाई सेवा निर्देशनालयका उप महानिर्देशक प्रेमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित १० औं उड्डयन सुरक्षा अभियान कार्यक्रममा उप महानिर्देशक ठाकुरले उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन् ।

उनले भने ‘ अब हाम्रो प्राथमिकता लुक्ला रहेको छ । पर्यटकीय सिजन हुने भएकाले लुक्लामा फोकस गरेका हौं । हिजो मात्र हामीले महावीर पुनलाई बोलाएर क्यामाराहरु कहाँ राख्ने भनेर पाईलटहरुसँग पनि छलफल गरेका छौं ।

हवाई दुर्घटनालाई कम गर्न र पर्यटकहरुको चाहना पूरा गर्नकै लागि भएपनि विभिन्न तालिम मार्फत पाईलटहरु देखि लिएर सबैलाई तयार गर्ने कार्य भईरहेको उपमहानिर्देशक ठाकुरको भनाइ छ ।

उनले भने ‘ मानव सुरक्षालाई प्राथमिकतामा राखिने छ । पाईलटहरुलाई मौसमको वास्तविक स्थिति के छ र अब आउने दुई तीन घण्टामा के परिवर्तन हुन्छ भनेर तालिमहरु दिने गरेका छौं । सेप्टेम्बरको पहिलो हप्तादेखि पर्यटक सिजन सुरु हुँदैछ । त्यो भन्दा अगाडि नै हामी त्यहाँ अन्तरक्रिया कार्यक्रम गर्दै छौं । के के गर्न सकिन्छ त ?जसले गर्दा दुर्घटना हुँदैंन । १०० वटा दुर्घटना भईसक्यो अब नहोस भनेर हामीअन्तरक्रिया कार्यक्रम गर्दै छौं । ’
उप महानिर्देशक ठाकुरले सेप्टेम्बरको पहिलो हप्तादेखि सुरु हुने पर्यटकीय सिजनभन्दा अगाडि नै लुक्लामा अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्