काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ विरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरी माथि सुनुवाई थालेको छ ।
सोमबार श्रेष्ठ विरुद्ध उजुरी गर्ने उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा झिकाएर सुनुवाई भैरहेको छ । अनुवादक तथाअधिवक्ता समेत रहेका एसके तिमिल्सिनालाई समितिमै झिकाएर श्रेष्ठ माथि गरेको उजुरी उपर सुनुवाई र छलफल गरिएको छ ।
सुनुवाई,समितिमा उपस्थित उजुरीकर्ता तिमिल्सिनालेअख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३ मा उल्लेख भए अनुसार कार्यविधिको पालना गर्नुपर्ने भनिएपनि उक्त ऐनको कार्यविधि विपरित प्रधानन्याधीशको सिफारिस भएको धारणा समितिमा राखेका छन् । सार्वजनिक पद धारणा गर्ने व्यक्तिले कार्यविधि मिचेर जान नहुने र सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो व्यक्ति संविधान सम्मत हुनुपर्ने उनको भनाई छ ।
उनले सुनुवाइ समितिमा भने, ‘कानूनी शासनअवलम्वन गर्ने हो भने अहिलेको प्रस्तावित प्रधानन्यायाधीश गैरकानूनी र गैरसंवैधानिक हो त्यसकारणले गर्दा यो सुनुवाई समितिले कानूनको शासनको पालनाको लागि महत्वपूर्ण भूमिका खेलोस भन्ने मेरो विनम्र अनुरोध छ ।’
उजुरीकर्ता तिमिल्सिनाले सिफारिस प्रधान्यायाधीशको नियुक्ति भएत्यो गैरसंवैधानिक र अख्तियारको दुरुपयोग हुने भन्दै श्रेष्ठ विरुद्ध उजुरी हालेका थिए। प्रधानन्यायाधीशको नियुक्ति कार्यविधि मिचेर गर्न नहुने भन्दै उजुरी गरेका हुन् । समितिलेआजै सुनुवाई प्रकृया सकेर प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाई सक्ने तयारी गरेको छ ।