समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र सहित चार दल सम्मिलित समाजवादी  मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

मोर्चाले भदौं ९ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा सभा गर्ने भएको छ । त्यस्तै, भदौं १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले जानकारी दिए । ‘हामीले भदौं ९ गते देखि प्रदेश स्तरको घोषण सभा गर्ने निर्णय गरेका छौं । साथसाथै भ्रष्टचार विरोधीआन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छौं,’ विप्लवले भने ।

सभामा मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले उनीहरूले यसलाई सन्देश सभा नाम दिएका छन् । मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष निकालेको छ । असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्