राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरू भएको छ । प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरू हुनभन्दा ९ दिन अघि  १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन् ।

नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ । नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भईरहेको छ ।सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टिममा छन् । तर अदालतले उनको मुद्दा माथिको सुनवाइ पछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्