परामर्शमा राष्ट्रिय सभाका अध्यक्ष

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
विपक्षी एमालेले संघीय संसद्को बैठकमा अवरोध कायमै राखेका बेला उनले बैठक आज दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

अध्यक्षको बैठक कक्ष,सिहँदरबारमा बस्ने बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् । राष्ट्रिय सभाको बैठक भदौ ५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसैबीच आजै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू पनि संसदको अवरोध हटाउने विषयमा छलफलमा जुट्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि मंगलबार बिहान संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्