प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको सोमबार सुनुवाइ गर्दै छ । संसदीय सुनुवाइ समितिको बिहान साढे दस बजे बस्ने बैठकमा श्रेष्ठको सुनुवाई गर्ने समितिले जनाएको हो ।

संवैधानिक परिषदको सिफारिस पछि संसदीय सुनुसाई समितिमा उजुरी लिने काम भएको थियो । प्रस्तावित प्रधानन्यायाधी श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका छन् । उजुरीमा श्रेष्ठले विचौलीयको काम गरेको र सातवटा गम्भीर आरोप लागेका किर्ते वैंकका एक पीडक र देशको ठूलो संगठित अपराधमा संलग्न सेटिङ मिलाएर उम्काएको आरोप पनि उनलाई उजुरीमा लगाइएको छ ।

सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गर्‍यो भने उनलाई सर्वोच्च अदालतको नेतृत्व सम्हालने बाटो खुल्ने छ । साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

२३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गते अवकाशमा गएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्