आज देशैभर वर्षा हुने

काठमाडौं । देशका विभिन्न भागमा आज बिहानै देखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाउँदै केही प्रदेशमा भारी वर्षा समेत हुने जनाएका छ । कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारीका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागले जनाएको छ । वर्षा र बाढीका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्