प्रधानमन्त्री प्रचण्डले प्रमुख दलसँग छलफल गर्दै

काठमाडौं । संघीय संसदको जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार पनि संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक आह्वान गरेकाहुन् ।

आइतबार पनि प्रमुख दलहरूसँग छलफल गरेका प्रधानमन्त्रीले बैठक सकारात्मक भएको जनाउँदै सोमबार सहमतिमा पुग्ने जनाएका थिए । बैठकमा सहभागि नेताहरूले पनि छलफल सकारात्मक भएको जनाएका थिए । सोमबार पुनः बस्ने बैठकमा संसद सुचारु गर्नेमा सहमतिमा पुग्न सकिने धारणा राखेका थिए ।

बैठकमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने सकारात्मकता देखिएको बताएका छन् । नेकपामाओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताएका छन् ।

सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्दै आएका छन् ।

संघीय संसद सुचारु नभएपछि राष्ट्रपति रामचनद्र पौडेलले समेत चिन्ता व्यक्तगर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक मंगलबार बिहान साढे आठ बजे शीतल निवासमा बोलाएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्