सभामुखबाट संसद चलाउन ठोस पहल भएन

सभामुखबाट संसद चलाउन ठोस पहल भएन

काठमाडौं । माओवादी केन्द्रका नेताले लेखनाथ दाहालले, संसद सूचारु गर्न सभामुखको तर्फबाट कुनै पनि प्रयास नभएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठक स्थगित भएपछि पत्रकारहरुसँग बोल्दै उनले सरकारको तर्फबाट संसदलाई प्रर्याप्त प्राथमिकता दिएको दाबी गर्दै उनले संसदको तर्फबाट निर्वाह गनुपर्ने भूमिका कमजोर देखिएको कारण संसद निरन्तर अवरुद्ध भएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाको कमान्डर सभामुख हो, संसदीय मर्यादाभित्र बसेर प्रतिनिधि सभाको मातहतमा बसेर सभामुखको संसद सञ्चालन गर्न जसरी पहल कदमी गनुपर्ने थियो, त्यो सचेत पहलको अभाव कै कारण संसद सूचारु हुन सक्या छैन् । सरकारको तर्फबाट संसदलाई प्राथमिकता प्रर्याप्त दिएको छ, संसदको तर्फबाट निर्वाह गनुपर्ने भूमिका कमजोर देखियो, त्यसकारण संसद निरन्तर प्रमुख प्रतिपक्ष दल एमालेको भूमिका संसदमा रहेर संसद अवरुद्ध छ ।

उनले कसैको लहरमा छानविन समिति बन्न नसक्ने भन्दै सिआईवीले गर्दै आएको अनुसन्धानबाट केही उपलब्धी निस्किएन भने उच्च स्तरी छानविन समिति बनाउँनेबारे सोच्न सकिने बताए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्