काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसद चलोस भन्ने नचाहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठक सूचना टाँसेर स्थगित गरिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले सदन चलाउने कुरामा सरकार चुकेको तर्क गरे ।
संसद चलाउने विषयप्रति सरकार गम्भीर हुनुपर्छ तर सरकार गम्भीर नदेखिएको उनको भनाई छ । उनले सदनमा सांसदले उठाएको प्रश्नप्रति सरकार जिम्मेवार नभएको बताए ।
सदनअवरोध नभएपनि सांसदले उठाएका कुराहरु सरकारले नसुनेको उनको टिप्पणी छ । ‘सदन अवरोध नभएपनि सांसदले उठाएको कुरा सुनुवाई भएको छैन् । अवरोध हुनन हुनुको कुनै पनि मतलव नभएको जस्तो परिस्थतिका संसद पुगेको छ ।’