काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्च स्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक रहेको बताएका छन् ।आईतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आवह्वानमा बसेको सर्वदलीय बैठकको पछि पत्रकारहरुसंग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्री लगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।
उनले भने ‘प्रधानमन्त्री लगायत सत्तापक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति बनाउदा खेरी सिआईविको अनुसन्धान प्रभावकारी हुन्छ की भन्ने दृष्टीकोण छ उहाँको । यस विषयमा छलफल गर्नेर उच्च स्तरिय छानविन समिति बनाउने कुरामा हामी सकारात्मक छौं भन्नु भएको छ । ’
उनले सुन तस्करी धेरै ठुलो घटना र देशको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताएका छन् । राष्ट्रिय स्वाभिमान माथि प्रश्न उठ्ने खालको घटना प्रति उच्च स्तरिय छानबिन समिति बाहेक निर्क्यौल हुनै नसक्ने उनको भनाई छ ।