काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी सूचना जारी गरेर स्थगित गरिएको हो । प्रधानमन्त्रीले बैठक दुई दिन सार्न सभामुख देवराज घिमिरे समक्ष अनुरोध गरेपछि बैठक सारिएको हो ।
सर्वदलीय बैठक सकारात्मकभ एको भन्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा भएको छलफल सभामुखलाई जानकारी गराएकाथिए ।
लगत्तै संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक मंगलबार ३ बजे बस्ने जानकारी दिएका हुन् ।
‘आजको १ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।
यसअघि संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरू बीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएको थिएन् । एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।