काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पुस्तकालय सम्बन्धी ऐन चाँडै ल्याउन आवश्यक भएको बताएकी छिन् ।
आईतबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास समितिको बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्यबारेको छलफलमा उनले पुस्तकालय सम्बन्धी ऐनलाई अगाडी बढाउन आवश्यक पहल गर्ने बताइन् ।
उनले भनिन् ‘पुस्तकालयको अवस्था जति राम्रो हुन्छ । त्यती राम्रो जनशक्ति विद्यालय, विश्वविद्यालयले उत्पादन गर्न सक्छ । यस सम्बन्धी ऐन हुन अति आवश्यक छ ।’
उनले पुस्तकालय पनि समय सापेक्ष सकारात्मक रुपान्तरण हुनु आवश्यक भएको बताइन् ।
पूस्ताकालयको अवस्थालाई कसरी सुधार्न सकिन्छ भन्ने कुरालाई लिएर दिगो विकास समितिले पनि पहल गर्नु पर्ने उनको भनाई छ ।