काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदको जडताले प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन् ।
सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकसंगको छलफल पछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले, सत्ता पक्ष र प्रतिपक्ष दल सदन खुलाउने विषयमा गम्भीर नभएको र आफूले जडता त्याग्न आग्रह गरेको बताए ।
‘अस्ति जहाँ अड्केको थियो कुरा त्यँही छ । सत्ता पक्षको कुरा पनि त्यही हो । प्रतिपक्षको कुरा त झन अझ बलियोसंग हामी प्रस्तुत हुन्छौ भन्ने उहाँहरुको कुरा छ ।’ उनले भने ‘तपाईहरुको यो खालको जडताले सदनलाई जुन खालको बन्दि बनाएको छ । यसले राम्रो गरेको छैन् । सदनमा अन्य दलहरु पनि छन् । सदनको जनमत हेर्ने हो भने तपाईहरुले जनताको जनमत पनि बुझ्नु भएन् । हामी त हिजो पनि जनताबाट आएका हौँ आजपनि जनता माझ गएर बोलौँला तर कुरा के हो भने यो प्रणाली माथि प्रश्न नउठोस् भन्ने कुरा मैले राखेँ । ’
पछिल्ला गतिविधिहरुले तत्काल सदन खुल्ने सम्भावना भने न्यून रहेको उनको भनाई छ ।