काठमाडौं । प्रनिनिधि सभाको बैठक नियमीत गर्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतक बीचको बैठक निष्कर्ष विहीन भएको छ।
बैठकपछि, सभामुख घिमिरेले, आफूले चाँडै दलबीच सहमति खोजेर संसद खुलाउने बाटोमा लाग्न आफूले आग्रह गरेको जानकारी दिए ।
उनले आफुले संसद खुलाउन आवश्यक पहल गरिरहेको तर दलहरु जिम्मेवार नभए सम्म समस्या समाधान नहुने बताए ।
‘समस्याको समाधान गर्नको लागि दलहरुले वातावरण बनाउनु पर्छ, दलहरुले छलफल गर्नु पर्छ । दलहरुले सहमति खोज्नु पर्छ । दलहरुले निकास दिनुपर्छ । दलहरुले निकास दिनुस् भन्नको लागि मेरो त सक्दो कोसिस गरिराख्या छु ।’ उनले भने । सहमति गरेर चलाउन भनेर बारम्बार अनुरोध गर्दा पनि सदन चल्न नदिएको भन्दै उने आक्रोश पोखे ।
लामो समयदेखि अवरुद्ध बैठक खुलाउन सभामुखले बोलाएको बैठकमा प्रमुखदलका सांसदहरु संसद खोल्ने विषयमा आफ्नो अडानबाट टसमस नभएका हुन् ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।