काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।
आईतबार सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश गरी गैरकानुनीआदेश नमान्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ,‘सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठूलै गडबड छ।’