दिगो विकासको बैठक बस्दै

दिगो विकासको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक आज आइतबारका लागि बोलाइएको छ । बिहान ११ बजेका लागि संसद सचिवालय सिंहदरबारमा रहेको भवन नम्बर २ को हल नम्बर ३०१ मा बैठक बोलाइएको हो । बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्यका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभाको बैठक भने प्रमुख प्रतिपक्षी एमालेको अवरोध जारी रहेपछि भदौ ५ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्