काठमाडौं । सत्ता साझेदार नेकपा -एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज-आइतबारबाट सुरु हुने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आइतबार र सोमबारका लागि पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले भदौ ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय गरेको छ । बैठकहरूमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारसहितका विषयमा छलफल गर्ने छ ।
आगामी माघमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एलेले यसअघि साउनको तेस्रो साता नै केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, आन्तरिक तयारीलाई देखाउँदै बैठक भदौका लागि सारिएको थियो ।