काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आँशिक देखि सामान्य बदली रहने जनाएको छ ।
विभागले आइतबार लुम्बिनी प्रदेश सहित अन्य प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
हालकोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ। साथै भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेकोले आजदेशभर मौसम आँशिक देखि सामान्य बदली रहनेछ।
आइतबार दिउँसो लुम्बिनी प्रदेश सहित देशका पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
रातिकोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण विभागले गरेको छ ।