बढ्यो हरियो तरकारीको मूल्य

बढ्यो हरियो तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूची अनुसार हरियो तरकारीको मूल्यमा वृद्धि भएको छ ।

आज कन्य च्याउमा प्रतिकेजी २० रुपैयाँ,भन्टामा १० रुपैयाँ, तीतो करेला २०,काँक्रोमा १० रुपैयाँ बढ्दा आज परवलमा १० र सानो गोडभेँडाको मूल्यमा १३ रुपैयाँले भाउ घटेको हो ।

नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा  हिजोको तुलनामा १३ रुपैयाँले घटेर आज ६० रुपैयाँ प्रतिकेजी रहेकोछ । यस्तै रातो आलु र प्याजको मूल्य स्थिर ५० रुपैयाँर भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ ।स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर १८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । डल्ले च्याउको मूल्य स्थिर ३५० रुपैयाँ छ । गाजरको प्रतिकेजी ११०रुपैयाँमा बिक्रि भईरहेको छ । घिउ सिमी लोकल ८०,भन्टा लाम्चो६०,मकै बोडी८०, भटमास कोशा ९० रुपैयाँ तोकिएको छ ।

तितो करेला ८०, लौका ७०, परवल ६०,घिरौला ५०,फर्सी पाकेको ५०,काँक्रो लोकल ७०,भिण्डि ८०,स्कूस ६०, प्याज हरियो १२०,रायो साग १३०,पालुगो १८०,कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १६०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्