काठमाडौ । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ ।
सेफ नेपालले एक कार्यक्रमकाबीच उक्त शो को प्रोमो सार्वंजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो ।
कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शो मा ८० जना प्रतिस्पर्धीले भाग लिएका थिए ।
नेपालमा पाककला सम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो जुन कान्तिपुर टिभिबाटभाद्र १५ देखी १८ सातासम्म बेलुकी ९ः०० बजे प्रसारण हुनेछ । विजेतालाई २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।
नायिका प्रियंका कार्की कार्यकारी निर्माता रहेको सेफ नेपालमा मास्टर जज सन्तोष साह, सेफद्वय गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकको भूमिकामा छन् ।
जज सन्तोष साहले नेपालमा सेफलाई पहिले देखीनै निकैनै होच्याउने भएकाले उक्तशोले सेफको पेशाप्रति ईज्जत बढ्ने विश्वास व्यक्तगरे ।
उनले भने,‘नेपालमा सेफलाई पहिले देखीनै निकैनै होच्याउने र तल देखाउँने पेशाभनेर बुझिन्छ । सेफ नेपालको यो शोबाट यसमा सहभागीभई विजयहुने र टप १० मा पर्नेबाट यो पेशाको सम्मान बढ्ने छ भन्ने आशा छ ।’
साथै,उनले नेपाल खानामा निकै धनि भएको बताउँदै शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिने बताए ।
उनले भने,‘यो शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिन्छ भन्ने ठूलो आशा छ । यो शोमा देशका बिभिन्न फरक ठाउँबाट फरक फरक किसिमको खाना खुवाउँनु भएको छ त्यो देखेर साँच्चिकै हाम्रो नेपाल खानामा निकै धनि छ भन्ने अनुभव भयो ।’