व्यवस्था बदलिएपनि अवस्था अपेक्षाअनुरुप बदलिन सकेन : मन्त्री बस्नेत

व्यवस्था बदलिएपनि अवस्था अपेक्षाअनुरुप बदलिन सकेन : मन्त्री बस्नेत

काठमाडौं । जलश्रोत तथा उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशमा व्यवस्था बदलिएपनि अवस्था भने अपेक्षाअनुरुप बदलिन नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको  १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था बदल्न अपेक्षा अनुरुप बदलिन नसकेको टिप्पणी गरे ।

उनले भने,‘राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्छौं र आधारभूत पक्ष बनाउँछौं जनता ईतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गछौं । व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षा अनुरुप सक्दैनौ ।’

मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिकार महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्