फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी आयोजना

फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी आयोजना

काठमाडौं । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

१८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन–नेपालसंगको सहकार्यमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा २५ जना फोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिकासम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनले भने, १८४ औं विश्व फोटोग्राफी दिवसमा बालबालिका राष्ट्रको गौरव हुन् भन्ने नारालाई स्थापित गर्दै तस्वीरमा फोटो प्रदर्शनी गरेका हौ । विभिन्न फोटोग्राफरहरुले खिचेका ६० वटा फोटोहरु रहेका छन् । यहाँ हिमाल, पहाड, तराईका बालबालिकाहरुको सबै फोटो समेटेर राखेका छौ यसभन्दा अगाडि पर्यटन सम्बन्धी यस्तो कार्यक्रमहरु गर्दै आएका थियौ । ’

उक्त फोटो बालअधिकार अभियन्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले आजको फोटो प्रदर्शनी बालबालिकामा केन्द्रित रहेको भन्दै फोटोहरु देशको वर्तमान अवस्थाको प्रतिविम्ब पनि भएको बताए ।

उनले भने, एउटा जीवित फोटोले धेरै कुराहरु बोल्छ जुन कुराहरु किताबमा लामो लामो व्याख्या हुन्छ त्यसलाई फोटोले देखाउँने गर्दछ । बालबालिकामा केन्द्रित रहेको छ आजको यो प्रदर्शनी, आजको यो फोटोहरु देशको एउटा प्रतिविम्ब पनि हो ।

कार्यक्रममा बालबालिकाको संरक्षणका लागि खडा गरिएको संयन्त्र बाल हेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्