काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलाडी र खेल क्षेत्रलाई माथि उठाउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बूले पर्यटनसँग खेल क्षेत्रलाई जोडेर देशविकासलाई अगाडि बढाउन खेल क्षेत्रमा संलग्न सबैलाई आग्रह गरे। उनले रग्बी खेलाडीहरुलाई शुभकामना दिदै खेल क्षेत्रको प्रवर्द्धन र विकासको लागि त्यसलाई पर्यटनसँग जोडेर लानुपर्ने धारणा राखे।
उनले भने, ‘धेरै खेलाडीहरुलाई नेपालमा भित्र्याएर खेलको प्रवर्द्धन गर्दै हामी पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउने र यो देशको संमृद्धिलाई अगाडि बढाउने कुरामा यो खेल क्षेत्रमा लागेका सबै पदाधिकारीहरु, प्रशिक्षकहरु र खेलाडी साथीहरुसबैलाईम विशेष आग्रह गर्न चाहन्छु।’
खेलकूद र खेल क्षेत्रबाटै सबैलाई जित्नसक्ने बताएका मन्त्री लिम्बूले खेलाडीलाई माथि उकास्न सबै मिलेर लाग्न्नपुर्नेमा जोड दिए।