एमाले सरकार आएदेखि देशमा अव्यवस्थित प्रणालीको प्रवेश भयो : मन्त्री महत

एमाले सरकार आएदेखि देशमा अव्यवस्थित प्रणालीको प्रवेश भयो : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनाश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताए ।

मन्त्री महतले देखाउँनको लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि नै धेरै देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।

उनले भने,‘ओलीको सरकार आएदेखि नै धेरै अव्यवस्था हाम्रो सिस्टममा प्रवेश भयो देखाउँने कुरा गर्ने ठूला ठूला सानोले पुग्ने ठाउँमा छ  । अर्बौको भवन आवश्यकता नै नभएको टावर अरबौको । त्यसको कुरालाई प्राथमिकतामा राखेर अर्को वर्ष दिउला ठेक्कामा लगाउँ भन्ने । यो कुरालाई अनुशासनमा ल्याउँन खोजेको हुँ ।’

मन्त्री महलतले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्न र लोकप्रियता पछि दौडिने  जस्ता काम बन्द गर्न सके नेपाली कांग्रसलाई एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए ।

उनले भने,‘हामीले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्न लान्छना लगाउँन सस्तो लोकप्रियता पछि दौडिन हामीले बन्द  गरौं । वडा,प्रदेश,केन्द्रको नियमित छलफल गरेर निर्णय निकालेर जाने  हो भने नेपाली कांग्रसलाई एक नम्बर पार्टीमात्र होईन एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न सक्दैन् । ’

थोरै श्रोत साधनबीच काम गर्नुपरेकाले चाहेजस्तो सबै ठाउँमा बजेट विनियोजन गर्न नसकेको भन्दै पुगेसम्म कोसिस गरेको उनको भनाइ छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्