काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले, प्रदिप गिरि आफ्नो विचार र सिद्धान्तमा कहिले सम्झौता नगर्ने व्यक्तित्व रहेको बताएका छन्।
नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरिको पहिलो स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले गिरि आफ्नो विचारमा सम्झौता नगर्ने व्यक्तित्व भएको भन्दै एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र भएको बताए ।
उनले भने, ‘उहाँ आफ्नो विमतिबाट कहिले सम्झौता गर्नुभएन्, मैले चाँहि कहिले काँही सम्झौता गरे मेरो र उहाँको फरक यही हो । उहाँलाई एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र हुनुहुन्थ्यो ।’
उनले गिरि जातिय, भाषिक, वर्ग र आर्थिक सबै किसिमको विभेदको विरोधी हुनुको साथै समाजवादी, कल्याणकारी, लोकतन्त्रवादी र स्वतन्त्रतावादीको पक्षधर भएको बताए ।
उनले भने, ‘प्रदिप गिरिको लागि कुनै विशेषणको आवश्यकता पर्दैन् उहाँ आफैमा एउटा विशेष हुन् । प्रदिप समावेशिताको पक्षधर, जातिय विभेद, भाषिक विभेद, वर्ग विभेद, आर्थिक विभेद सबै किसिमको विभेदको विरोधी र समानता पक्षधर हुन्। प्रेम र स्वतन्त्रतावादी प्रेमी हुन उहाँ, समाजवादी, कल्याणकारी लोकतन्त्रवादीको साथै स्वतन्त्रतावादी पनि हुन् ।’
यस्तै उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता मिन बहादुर विश्वकर्माले गिरिको विचार र धारणाले सामाजिक रुपान्तरण गर्न सक्ने बताए ।
उनले भने, ‘प्रदिप अभियान्ता, नेता र विचारक हो, सामाजिक रुपान्तरणको मुद्दामा यति निडर ढङ्गले आफ्नो धारणाहरु प्रस्तुत गर्नु हुन्छ । जसले समाजमा हलचल हुन्छ, परिवर्तन गर्न सक्छ । नेपाली काङ्ग्रेस फ्टुदै गर्दा पदमजमकको धारणा प्रदिप गीरिको नै हो । उहाँले कै सिद्धान्त दर्शन नै पदमजमक हो जसलाई पछि नेपाली काङ्ग्रेसले पार्टी एकता हुदाँ मूल विचारको रुपमा आयो ।’
उनले गिरि विचारको समुद्र भएको भन्दै राजनीतिक विचलनको समाधान गर्ने शिर्ष राजनेता भएको पनि बताए ।