आज मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ ।

जसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशको पहाडीलगायत अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्