जलवायू परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न सकेन : मन्त्री महतो

जलवायू परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न सकेन : मन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री बीरेन्द्र प्रसाद महतोले जलवायू परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री महतोले जलवायु परिवर्तनका मुद्दा धेरै मन्त्रालयमा छरिएको विषय भएकोले काम गर्न समस्याभएको बताए ।

उनले भने ‘ अहिले हामी जुन जलवायू परिवर्तनको कुरा गरिरहेका छौैंं । जलवायू परिवर्तनमा नढाँटी भन्नुपर्दा नेपालले राम्रोसँग काम गरिरहेको अवस्था छैन् । न हामीसँग नियम कानून छ । न योजना छ । न आउँने भविष्यमा ठोस् योजनाहरु छ । यसमा हामी प्रवेश गर्न सकिरहेकै छैनौं । त्यसको कारण यो बिभिन्न मन्त्रालयसँग जोडिएको हुनाले सहकार्य गर्न सकेका छैनौं । ’

मन्त्री महतोले जलवायु परिवर्तनको मुद्दामा लिने सहयोग पनि नमिलेको प्रष्ट पारेका छन् ।उनले भने ‘ अर्थमन्त्री र मन्त्रालयले विदेशी सहयोगको नाममा जुन लिईरहेको छ । त्यो एकदमै नमिल्ने किसिमले लिएको छ । टुक्रा टुक्रा डलर लिने र उसले राखेको अनुसार मैले सम्झौता गर्नुपर्ने । त्यसपछि अमेरिकोको अवस्थालाई राखेर नेपालमा सम्झौता गरियाे भने, त्यो पैसा कसैले खर्च गर्न नसक्ने हुन्छ । हाम्रो जलवायू ,वातावरण छुट्टै छ तर त्यसलाई मध्यनजर नराखी आफ्नो नियमकानून राखेर हामीसँग सम्झौता गर्छ । ’

मन्त्री महतोले चुरेलाई राजनीतिकरण गर्न दिएर धेर काम विग्रिएको बताए । उनले चुरेको बारेमा जबसम्म ठोस योजनाआउँदैन तबसम्म चुरेको विकास पनिनहुने ठोकुवा गरे
उनले भने ‘ चुरेलाई हामीले राजनीतिकरण गरिदिएका छौं । बोर्ड बनाएको छ राज्यमन्त्रीलाई सरह गाडीदिने सुविधा दिने माननीय लेख्ने अनि विकास यहाँ खोजेर हुन्छ । त्यहाँ बजेट कनिका छरेको जस्तो दुई लाख पाँच लाख छुट्याएको छ । माननीयजीको खेततिर बगेको पानीको लागि बजेट लगेको छ । चुरेभन्दा दश किलोमिटर परको माननीयलाई पैसा लगाएको छ । त्यसैले चुरेको जबसम्म ठोस योजनाआउँदैन तबसम्म चुरेको विकास हुनअसम्भब छ । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्