बागेश्वर बाबा नेपाल आईपुगे, शाश्वत धाममा हनुमन्त कथावाचन गर्ने

बागेश्वर बाबा नेपाल आईपुगे, शाश्वत धाममा हनुमन्त कथावाचन गर्ने

काठमाडौं । बागेश्वरधामका संस्थापकआचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले नेपाल भारतको अभिन्नअंग भएको बताएका छन् ।
शुक्रबार काठमाडौं आएका वागेश्वर धाम सरकारले विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारत सँगसँगै रहेको चर्चा पनि गरे । सम्बोधनमा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसंग कांधमा कांध मिलाएर पूरा संसारमा सनातनको झंण्डा फैलाउने देशभएको बताए ।

उनले भने ‘ यो यस्तो भक्तिको भूमिहो माता जानकीको नगरी हो नेपाल भारतको एक अभिन्न अंग,भारतको मित्र देश भारतसंग कांधमा कांध मिलाएर पुरा संसारमा सनातनको झंण्डा फैलाउने देश हो । ’

शास्त्रीले नेपालभन्दा सनाथ अरु कुनै राष्ट्र नभएको बताएका छन् । उनले भने ‘ अनाथत्यो हुन्छ जसको कोहीनाथ छैन । कसले भन्छ नेपाल अनाथ हो भनेर नेपालमा पशुपतिनाथ छ । ’

चौधरी ग्रुपएवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासी स्थित शाश्वत धाममा हनुमन्त कथावाचन गर्न बागेश्वर बाबा नेपाल आईपुगेका हुन् ।

बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्रीआध्यात्मिक गुरुका रूपमा परिचितछन्। उनी उत्तिकै विवादास्पद पनि मानिन्छन् । उनले भारत सहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्